Lumbini Province Government

Ministry of Forests and Environment

Forest Directorate

Soil and Watershed Management Office

Rolpa


Introduction

जलवायु परिवर्तनका नकरात्मक प्रभाव न्युनीकरण तथा अनुकूलन र विपद् जोखिम न्यूनीकरणका उपाय अवलम्वन गर्दै जल¸ जलश्रोत तथा भूमिको संरक्षणबाट भूमिको उत्पादकत्व वृद्धि गर्न¸ जलाधार क्षेत्रहरुको एकिकृत संरक्षण र व्यवस्थापन गर्न प्रदेश सरकार (मन्त्रिपरिषद्)¸ लुम्बिनी प्रदेशको मिति २०७८/०८/१६ गतेको निर्णय अनुसार तत्कालिन वन¸ वातावरण तथा भू संरक्षण मन्त्रालय अन्तर्गत रहने गरी अस्थायी कार्यालयको रुपमा रोल्पा जिल्लाको लिवाङमा भू तथा जलाधार व्यवस्थापन कार्यालय मिति २०७८/१०/२४ मा स्थापना भएको हो र हाल यस कार्यालय रोल्पा नगरपालिका वडा नं. २, मूलपानी, रोल्पामा अबस्थित छ ।

 

कार्यालयको दिर्घकालिन सोच :

नदि प्रणालीमा आधारित जलाधारीय श्रोतहरुको एकिकृत र दिगो व्यवस्थापनबाट जलवायु समानुकूलित समृद्ध समाज निर्माणमा टेवा पुर्याउने l


लक्ष्य :

एकिकृत व्यवस्थापन ‍द्बारा जलाधारीय श्रोतहरुको अन्तर समबन्धलाई सन्तुलनमा राख्दै प्राकृतिक प्रकोप न्युनीकरण¸ जलवायु परिवर्तन समानुकूलन र भूमि उत्पादकत्वमा वृद्धि गरि जनताको जिवनस्तरमा सुधार ल्याउन मद्दत पुर्‍याउने ।


उद्देश्य :

  • कार्य क्षेत्र स्थित जलाधार क्षेत्रमा पर्ने महत्वपूर्ण उप जलाधार क्षेत्रहरुको वर्गिकरण¸ प्राथमिकिकरण एवं संरक्षण तथा सम्बर्द्धन गरी बाढी¸ पहिरो¸ भू क्षय जस्ता प्राकृतिक प्रकोपको चाप कम गर्दै पारिस्थितिकीय (वातावरणीय) सन्तुलन कायम राख्न सहयोग पुर्‍याउने ।
  • जलाधार¸ उपजलाधार क्षेत्रहरुको वैज्ञानिक व्यवस्थापनबाट भू क्षय कम गरी जमिनको उर्वरा शक्त्ति कायम राख्नुका साथै विकासका पुर्वाधारहरुको संरक्षणमा सघाउ पुर्‍याई गरीबी निवारणामा टेवा पुर्‍याउने ।
  • अध्ययन¸ अनुसन्धानद्धारा जलवायु परिवर्तनका कारणले परेका र पर्न सक्ने संभावित जोखिमको आँकलन गरी जलाधार । उप जलाधार स्तरमा आवश्यक र उपयुक्त्त अनुकूलन। समानुकूलन प्रविधि एवं विपद व्यवस्थापन कार्यक्रमको विकास र विस्तार गर्ने ।
  • भू तथा जलाधार व्यवस्थापन सम्बन्धी विषय एवं कार्यक्रमहरुको बारेमा प्रचार प्रसार गरी जनचेतना अभिवृद्धि गर्ने ।
  • सुशासन¸ समावेशी र सहभागितामुलक सिद्धान्त अवलम्वन गर्दै सहज¸ सरल र पारदर्शी रुपमा एकिकृत जलाधार व्यवस्थापनका सेवाहरु प्रवाह गर्ने ।

 

कार्यनीति :

  • विभिन्न स्तरका जलाधार (बृहत जलाधार¸ उप जलाधार¸सुक्ष्म जलाधार) अनुरुप जलाधार क्षेत्रहरुको पहिचान¸ वर्गीकरण र प्राथमिकिकरण गरी जलाधार व्यवस्थापन योजना बनाई कार्यान्वयन गर्ने ।
  • कार्यक्षेत्र स्थित जलाधार क्षेत्रमा पर्ने उप जलाधार क्षेत्रलाई कार्य संचालन एवं नतिजा प्रर्दशनका लागि इकाईको रुपमा अपनाउने ।
  • स्थानीय तह¸ जिल्ला समन्वय समिति¸ जनप्रतिनिधि¸ स्थानीय बासिन्दा र अन्य सम्बन्धीत निकायहरु संगको समन्वय र सहकार्यमा समस्याको पहिचान देखि समाधान सम्मका सम्पूर्ण क्रियाकलापहरुमा जनसहभागिता जुटाई एकिकृत रुपमा सेवा प्रदान गर्ने ।
  • जलाधार क्षेत्रमा रहेका जमिनहरुको भू क्षमताका आधारमा उपयोग गर्ने¸ भू क्षय जोखिमयुक्त्त जमिनको पहिचान गरी संरक्षणका उपायहरु अवलम्वन गर्ने ।
  • संरक्षणका सम्पूर्ण कार्य र प्रयासहरु उपल्लो भेगको संरक्षण तल्लो भेगको फाइदा भन्ने वैज्ञानिक मान्यताका साथ जिल्लाको उपल्लो जलाधार क्षेत्र र तल्लो जलाधार क्षेत्रमा कार्यक्रमहरु एकिकृत रुपमा संचालन गर्ने ।
  • संरक्षण कार्यलाई उत्पादनशिल¸ आयमुलक एवं बजारमुखी ढाँचामा संचालन गर्ने ।
  • सही भू उपयोग र संरक्षणमुलक वानस्पतिक संरचनात्मक (Bio-engineering) उपायहरु अपनाउने तर्फ विशेष जोड दिने ।
  • संचिलत कार्यक्रम दिगो बनाउन पूर्ण उपचार (Complete Treatment) को आधारमा कार्यक्रम संचालन गर्ने ।
  • जलाधार व्यवस्थापनका विविध पक्षहरु बारे प्रचार, प्रसार र समन्वय गर्ने ।

 

कार्यक्षेत्र :

यस कार्यालयले लुम्बिनी प्रदेशका तीन जिल्ला प्युठान¸ रोल्पा र रुकुम पूर्व मा एकिकृत जलाधार व्यवस्थापनका विभिन्न कार्यक्रमहरु संचालन गर्दछ ।

© 2023 Copyright : भू तथा जलाधार व्यवस्थापन कार्यालय, रोल्पा